एमालेको वडा केन्द्रित अभियान किन ?

नेकपा एमालेले ३ महिने अभियान अन्तर्गत वडा केन्द्रित कार्यक्रम नै किन गर्नुप¥यो? वडामै केन्द्रित किन हुनुप¥यो ? यो प्रश्न चारैतिर उठिरहेको छ । मुलुकको हरेक कुनामा एमाले छ । एमालेको पार्टी संगठन छ । हरेक नेपालीले नेकपा एमाले कस्तो पार्टी भनेर चिनेका छन् । तर, देशको बलियो शक्ति हुँदा पनि हामीले अपेक्षित सफलता हासिल गर्न सकिराखेका छैनौं । पार्टीले निर्वाचनहार्नुका कारण महसुस गरी अब सबै नेता–कार्यकर्ता वडामा केन्द्रित हुन निर्देशित गरेको छ ।

आधारभूत तह वडालाई सुदृढ नगरी पार पाइने अवस्था छैन । २०८४ को निर्वाचनमा वडादेखि केन्द्रसम्म जित हासिल गर्न पार्टीले मिसन ८४ अभियान चलाइ राखेको छ। पार्टीले सबैलाई आफू उभिएको ठाउँमा जिम्मा दिएर आउँदो निर्वाचनमा वडाहरूमा समेत बहुमत प्राप्त गर्ने गरी वातावरण बनाउन खटाएको छ ।

हाम्रो देशउत्तरमा विशाल चीन र दक्षिणमा भारतको बीचमा अवस्थित छ । चीन र भारत दुवै मूलुकले आफूलाई विश्वको प्रमुख शक्ति राष्ट्रका रुपमा विकास गर्नका लागि आर्थिक र सामरिक पाटोलाई महत्वका साथ उठान गरेका छन् । हाम्रो देशको अस्तित्वमाथि बेला–बेला संकटका उदाहरणहरू देखा पर्ने गरेका छन् । बलियो राष्ट्रिय शक्ति नबन्दासम्म देश संकट मुक्तहुन सक्दैन, देशको रक्षागर्न सकिँदैन ।

राष्ट्र बचाउन राष्ट्रलाई मायागर्ने, राष्ट्रलाई निर्माण गर्ने शक्तिले मात्रसक्छ त्यो शक्ति नेकपा एमाले हो । त्यसैले नेकपा एमालेलाई अझबलियो राष्ट्रिय शक्तिका रुपमा निर्माण गर्नुपर्ने छ । नेकपाएमालेका नेता–कार्यकर्ता सबैले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गरी उभिन सक्ने बन्नुपर्ने छ र समाजका सबै तप्कालाई त्यही अनुरुप अगाडि बढाउनु हाम्रो दायित्व हो ।

पार्टीले सबैलाई उचित मूल्यांकन गरी आएका अवसरहरूलाई समतामूलक ढंगले प्रदानगर्दछ । पार्टी सदस्यहरूमा जागरण पैदा गरी स्थानीय वडामा पार्टीलाई सवलीकरण बनाउन लाग्नुपर्नेछ । एमालेले आधारभूत तहको पार्टी कमिटीमा कम्तिमा एक तिहाइयुवा सहभागिता गराउने कुरालाई प्राथमिकताका साथलिएको छ । जनसंगठनको सदस्यता व्यापक विस्तार र सबै जनसंगठनलाई आ–आफ्नो वर्ग–समुदायको नेताको रूपमा स्थापितगर्ने, जनप्रतिनिधिका योग्य कामलाई उजागर गर्ने, सदस्यता नवीकरण र विस्तार, ३३% महिला सहभागिता गराउने कुरा पार्टीले निर्देशन गरेको छ ।

स्थानीय स्तर तथा समाजको तल्लो तहबाट शक्तिनिर्माण गरी टोल, समुदाय, वडा, पालिका हुँदै केन्द्रसम्म पार्टी निर्माण गरी सक्षम, योग्य, कर्तव्यनिष्ठ, जुझारु र बलियो संगठन निर्माण गर्न सबै लाग्नुपर्नेछ । पार्टीनीति र नेतृत्वको विरुद्धमा देशभर भ्रम पैदा गरिरहेका छन् । नेकपा एमाले पार्टीप्रतिवितृष्णा पैदा गर्न केही शक्ति लागि परेका छन् । पार्टी र नेतृत्वमा थिहुने हमलाको विरुद्ध हामिले जिहाद छेड्नुपर्ने छ । जस्का लागि अनवरत रुपमा लाग्नु पर्नेछ । नियोजित रूपमा सम्प्रेषित मिथ्या सूचना र भ्रमलाई चिर्दै पार्टीमा सकारात्मक योगदान र भूमिकालाई स्थापित गर्ने कुरा आजको प्रमुख काम हो ।

सबल नेतृत्वको विकासले पार्टी जनतासामू स्थापित हुन्छ । एक पार्टी सदस्यका पछाडि एउटा तप्का विश्वासका साथ लागेन भने, त्यसले जनसमर्थन प्राप्त गर्न सकेन भने, आफूलाई स्थापित गर्न सकेन भनेत्यो नेतृत्वको रुपमा स्थापित हुन सक्दैन ।
पार्टीको सिद्धान्त, नीतिकार्यक्रमका आधारमा पार्टीको पक्षमा व्यापक जनमत निर्माणमा लाग्नु पर्ने छ ।हामी सबै कृषकका छोराछोरी हौं । हामी सबैसँग सानोतिनो बारी छ । हामिले कमाएको माटोको अवस्था हेर्दा यस्तो भैसक्यो कि अब त्यसमा कुनै जिवाणु बाँकी छैन । एकमुठी माटोमा पृथ्वीमा जति जनसंख्या छ त्यस बराबरका आँखाले देख्न सकिने÷नसकिने जीवित जीवाणु हुन्छन् ।

हामिले अहिले जुन प्रक्रियाबाट खेतीगरिरहेका छौँ । त्यो प्रक्रियाबाट माटो सबै अस्वस्थ भएर उत्पादन दिन सक्ने क्षमतामा ह्रास आएको स्थिति छ । संयुक्त राष्ट्रसंघले २०१४ मा प्रकाशित एक रिपोर्टका अनुसार अब माटोको आयु केवल ६० वर्ष मात्र भएको उल्लेख गरेको छ । एकतिहाई माटो बन्जर भइसकेको छ ।

नेकपा एमालेका नेता–कार्यकर्ताले गर्नुपर्ने कुरा भनेको जलवायु परिवर्तनले गर्दा खेतीमा जुन ह्रास आएको छ, खेतीले उत्पादन दिन सकेको छैन त्यसलाई सुधारको लागि चेतनाको विकास गरी हामिले किसानलाई जागरुक गर्नुपर्नेछ । किन भने यसको प्रभावले हरेक घरमा कुनै न कुनै रोगको बिरामी छ । एउटा किसानमा ज्ञानको कमीले गर्दा कृषिबालिमा विषादी छरिरहेको मात्र छैन त्यो त समाजलाई विष छरिरहेको छ ।

हामीले राजनीतिक कुरा मात्र गर्ने होइन जनताको जीवनसँगगाँसिने, जनताको जीवनस्तर माथि उठाउने कुरा व्यवहारमा जोड्नु पर्नेछ । विकास हाम्रो क्रियाकलापको अभिन्न अंग हो । अब एमालेका स्थानीय देखि केन्द्रसम्मका आम नेताले कार्यक्रममा जाँदा त्यस क्षेत्रका जनतालाई व्यवहारिक जीवनमा आवश्यक पर्ने कुरा बोल्ने, जागरुप गराउने र व्यवहारमा कार्यन्वयन गर्न लाग्ने र लगाउने गर्नुपर्छ ।

आज मानिसहरू विदेश पलायन भइरहेका छन् । हाम्रो समाजमा वैदेशिक रोजगारीका नाममा अरबको गर्मिमा पसिनासँग नेपालीले सस्तो मूल्यमा श्रम बेचिरहेका छन् । अहिले हाम्रो गाउँ समाजमा भारतको बैंलोर, मुम्बैइ जहान परिवार सहित काम गर्न गइरहेका छन् । गाउँमा दिन दिनै युवाहरू रित्तिने अवस्थामा छन् ।

सरकारले नागरिकलाई वैदेशिकरोजगारीमा जानबाट रोक्नुपर्ने कुरा जोडले सुनिनथालेको छ । त्यो सरकारले मात्र रोक्न नसक्ने अवस्था छ । यसलाई रोक्न नेकपा एमालेको सिंगो पंक्ति लाग्न जरुरी छ । अब हरेक कार्यकर्ता उत्पादनमा जोडिन एमालेले निर्देशनजारी गरेको छ ।विकास र एमालेको राम्रो घनिष्ठता हुनजरुरी छ ।अनि मात्र एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाँक्षा पूरा हुन्छ ।अबको २५ वर्षभित्र समाजवाद निर्माण गर्ने गरी नेकपा एमाले अघि बढेको छ त्यसलाई पूरा गर्न सबै आ–आफ्नो ठाउँबाट निष्ठापूर्वक लाग्न जरुरी छ ।

अहिलेको विश्वमा प्रमुख दुईवटा मुद्दा जल्दा बल्दा छन् । पहिलो चीन र अमेरिकाको प्रतिस्पर्धा र त्यसका कारणले आएका संकटहरू र दोस्रो जलवायु परिवर्तनले ल्याएका संकटहरू हुन् । यी दुई संकटले विश्व समुदायलाई त्रासमा राखेका छन् । यसलाई समयमै बुझेर लागेनौ भने हामी पनि संकटमा रहन्छौं ।

सूर्यबाट आउने सौर्य विकीरणलाई पृथ्वीले लामो समय थेग्न सक्ने अवस्था छैन । पृथ्वीले आफूलाई आवश्यकता पक्रम लिएर बाँकी फर्काउने गर्दछ । मानिसका क्रियाकलाप, विज्ञानले गरेका आविस्कारहरू वातावरणमैत्री भएनन्, प्रकृतिमैत्री भएनन न्जसले यो अवस्थाल्याएको छ ।

अब हामी वातावरणमैत्री बन्नुपर्ने अवस्था आएको छ । प्रकृतितिर फर्किनुप र्ने बेला आएको छ । प्राङ्गारिक कृषितिर जोड दिनुपर्ने, गोठेमलको प्रयोग, जैविक मलको प्रयोग गरी रासायनिक र विषादीलाई बहिष्कार गरी स्वस्थ खानेकुरा उत्पादनमा जोड दिँदै स्वस्थ समाज निर्माणमा आम कार्यकर्ता र नेता लाग्नु पर्ने छ।

(लेखक शाह नेकपा एमाले केन्द्रीयक मिटी सदस्य तथा कर्णाली प्रदेश सरकारका प्रवक्ता एंव भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री, हुन्।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार